नियम १२
दर्ता सहयोगी सम्बन्धी व्यवस्था
: (१) बोर्डले बीमालेख दर्ता गर्ने प्रयोजनका लागि प्रत्येक स्थानीय तहसँग समन्वय गरी प्रत्येक वडामा कम्तीमा एक जनाको दरले दर्ता सहयोगी नियुक्ति गर्नु पर्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र यस्तै प्रकृतिका अन्य सङ्गठनको हकमा सोही सङ्गठनबाट दर्ता सहयोगी नियुक्त गर्न सकिनेछ ।

(३) दर्ता सहयोगीको नियुक्तिको लागि छनौट प्रक्रिया अनुसूची-४ बमोजिम र निजहरुसँग हुने सम्झौताको ढाँचा तथा निजहरुको सेवाका अन्य शर्त एवं सुविधा सम्बन्धी व्यवस्था अनुसूची-५ बमोजिम हुनेछ।

(४) देहायको योग्यता भएको व्यक्ति दर्ता सहयोगीको पदमा नियुक्ति हुन योग्य हुनेछः-

(क) नेपाली नागरिक,

(ख) महिला स्वास्थ्य स्वयंसेविकाको हकमा प्रवेशिका परीक्षा चा सो सरह तथा अन्य व्यक्तिको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।

(५) दर्ता सहयोगीले निजलाई तोकेको जिम्मेवारी पूरा नगरेमा वा बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत दर्ता प्रक्रिया सुर भएमा बोर्डले जुनसुकै बखत निजलाई जिम्मेवारीबाट हटाउन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम तोकेको जिम्मेवारी पूरा नगरेको “कारणबाट दर्ता सहयोगीलाई जिम्मेवारीबाट हटाउनु परेमा निजलाई आफ्नो सफाइ पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ।